दार्चुला । एक महिनामा शैल्यशिखर नगरपालिका वडा नम्बर ४ रानिशिखरका दुई नवजात शिशुको मृत्यु भएको छ । असोज दोस्रो हप्ता एउटा शिशु मृत जन्मिएको बताइएको छ । भने कात्तिक १२ गते रानिशिखर स्वास्थ्य चौकीमा सुत्केरी हुन नसकेपछि गोकुलेश्वर अस्पतालमा जन्मिएको शिशुको जन्मेको तीन घण्टापछि मृत्यु भएको छ ।

कात्तिक ११ गते राती प्रशुतिका लागि रानिशिखर स्वास्थ्य चौकीमा भर्ना हुनुभएकी स्थानीय जयन्ती भट्टले कात्तिक १२ गते जन्माएको शिशुको गोकुलेश्वर अस्पतालमा मृत्यु भएको हो । कात्तिक १२ गते दिउँसो स्वास्थ्यचौकीका अनमीले अक्सोटासिन २.५ युनिट दिनुपर्नेमा १० युनिट दिएको र गर्भवतीलाई पूर्ण व्यथा नलागेको अवस्थामा इपिजियोटोमी समेत गरेर ११ गते भर्ना भएकी महिलालाई १२ गते दिउँसोसम्म रेफर नगरेर मनमानी गरेको स्थानीयको आरोप छ ।

प्रसुती सेवा दिने अनमीले भने स्वास्थ्यचौकीमा ११ गते भर्ना भएपनि १२ गते नै व्यथा लागेको र स्वास्थ्यचौकीमै बच्चा जन्मीने विस्वासले छिट्टै रेफर नगरिएको बताउनुभएको छ । गोकुलेश्वरमा समेत समान्य अवस्थामै सुत्केरी भएर बच्चा जीवितै जन्मिएको गोकुलेश्वर अस्पतालले बताएको छ ।

स्थानीयले अनमीहरुले अक्सोटासिन आवश्यकता भन्दा बढी प्रयोग गरेको र पूर्ण व्यथा नलाग्दै इपिजियोटोमी गरेर कमजोरी गरेको भन्दै गल्ती गर्ने कर्मचारीलाई आफुहरुले कारवाहीको माग गरिरहेको स्थानीय नरेश भट्टले बताउनुभयो । गल्ती गर्ने अनमी तथा स्वास्थ्यकर्मीलाई कारवाही गरि दक्ष स्वास्थ्यकर्मी उपलब्ध गराउन माग गर्दै स्थानीय शिद्धराज भट्टले कात्तिक १७ गते रानिशिखर स्वास्थ्य चौकी प्रमुखलाई निवेदन समेत दिनुभएको छ ।

गल्ती गर्नेलाई कारवाहीको माग गरेर १६ गते पिडित पक्ष र स्थानीयले तालाबन्दी समेत गरेको भएपनि तालाबन्दी गरेको भोलिपल्ट प्रसुतीका लागि एक जना महिला आएपछि सरोकारवालाहरुको पहलमा तालाबन्दी खोलेर छलफल गरिएको थियो । छलफलको क्रममा समेत अनमी आफैले कमजोरी गरेर आफैले अपशब्द प्रयोग गर्ने काम गरेको स्थानीयहरुको गुनासो छ ।

छलफलका क्रममा दुबै पक्षले आफ्ना आफ्ना गुनासा र तर्कहरु राखेपछि अगामी दिनमा कमजोरी सच्याएर अघि बढ्ने सहमति भएको स्वास्थ्यचौकीले जनाएको छ । यद्धपी स्वास्थ्यचौकीमै सहकर्मीहरुमा व्याक्तिगत सम्बन्ध राम्रो नभएको कारणले समेत स्वास्थ्य सेवामा प्रभावकारीता हुन नसकेको जानकारहरु बताउछन् । स्वास्थ्यचौकीमा सुत्केरी हुन नसकेर गोकुलेश्वर रेफर गरिएको महिलाको केसमा समेत समाचार तयार पार्नका लागि गरिएको सोधपुछमा प्रसुती कार्यमा खटिएका अनमीहरुबाटै फरकफरक अर्थात रेडिमेट जवाफहरु प्राप्त भएका छन् ।

यसैबिच कात्तिक १७ गते आन्दोलनरत पक्षसंग विगतमा भएका कमजोरीहरुमा आत्मआलोचना गर्दै अगामी दिनदेखि थप सजक भएर काम गर्ने प्रतिबद्धतापछि सहमति भएको स्वास्थ्यचौकी प्रमुख नारायणदत्त भट्टले बताउनुभयो । जनप्रतिनिधि, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र स्थानीयहरुको छलफलपछि अस्पतालका समस्या समाधान गर्ने र कमजोरी सुधार गर्ने विषयमा विभिन्न निर्णय गरेर बैठक सम्पन्न भएको भट्टले बताउनुभयो ।

रानिशिखरमा यसअघि भिरबाट लडेर घाइते भएका एक महिलाले समयमै उपचार नपाएर तथा अस्पताल सम्म पुर्याउन स्टेचर समेत नपाएपछि ज्यान गुमाउनुपरेको थियो । अहिलेसम्म समेत स्वास्थ्यचौकीमा स्टेचरको व्यवस्थापन नभएको स्थानीयहरुको गुनासो छ ।

स्वास्थ्य चौकी प्रमुख भट्टले भने स्टेचर लगायत आवश्यक सामाग्री उपलब्ध गराउन स्वास्थ्य चौकी व्यवस्थापन समितिलाई अनुरोध गरिएको र वडाबाट सम्भब हुने सामाग्री तत्काल उपलब्ध गराउने र बाकी सामाग्रीका लागि नगरपालिकालाई अनुरोध गर्ने प्रतिबद्धता प्राप्त भएको जानकारी दिनुभयो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?