दार्चुला । कडा लक्षणसहित कोरोना रिपोर्ट पोजिटिभ आएपछि अब बाँच्दैन भन्ने चिन्तामा डुबेका नेपाल रेडक्रस सोसाइटी दार्चुला शाखाका मन्त्री दिपक प्रसाद अवस्थीले कोरोना तिजेर सञ्चो लागेपछि दोस्रो जीवन पाएको अनुभुति गरिरहनुभएको छ ।

कोरोना जितेर अस्पतालबाट डिस्चार्ज भएका अवस्थीले कोठा भाडामा लिएर आइसोलेसनमा बसेको ७ दिनपछि पीसीआर जाँचको दोस्रो रिपोर्ट नेगेटिभ आएपछि खुसी व्यक्त गर्दै उपचारमा संलग्न चिकित्सक, आफन्त, इष्टमित्र, शुभचिन्तकहरुप्रति कृतज्ञता व्यक्त गर्नुभएको छ ।

लकडाउनको समयमा राहत वितरण गर्न विभिन्न स्थानीय तहमा पुगेका अवस्थीलाई कहाँबाट कोरोना संक्रमण भयो भन्ने थाहै नपाई गत असोज १४ गते कोरोनाका लक्षण देखिएपछि अवस्थी ८ दिन होम आइसोलेसनमा बस्नुभयो । ८ औँ दिनमा स्वास्थ्यमा समस्या देखिएपछि परिवार र चिकित्सकको सल्लाहमा असोज २२ गते उपचारका लागि धनगढी रेफर हुनुभयो ।

असोज २४ गते सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा भर्ना हुनुभएका अवस्थीले झण्डै एक सातासम्म आफ्नो अवस्थाबारे समेत थाहा नपाउने गरी बिरामी पर्नुभयो । उहाँको १५ दिनसम्म आईसीयूमा राखेर उपचार भयो ।

निको भएपछि उहाँले कोरोना अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुको मुक्तकण्ठले प्रशंसा गर्नुभएको छ । आफु निको हुनुको श्रय कार्यरत चिकित्सक, नर्स तथा सफाई कर्मचारी र आफन्त, शुभचिन्तकहरुलाई दिनुभएको छ । उहाँले ‘अब जटिल संक्रमितको ज्यान बचाउन प्लाज्मा थेरापीका लागि समेत रगत दिन तयार रहेको बताउनुभएको छ । कोभिडलाई सामान्य रुपमा लिन नहुने उहाँको भनाइ छ ।

रेडियो लोकदर्पण ९४.६ मेगाहर्जको कार्यक्रम दर्पण बहसका लागि रेडक्रस दार्चुलाका मन्त्री अवस्थीसंग गरिएको अडियो र भिडियो कुराकानी हेर्न र सुन्नका लागि यहाँ क्लीक गर्नुहोस

हालसम्म विश्वभर कोरोना भाइरस संक्रमण निको हुनेको संख्या तीन करोड ४७ लाख पुगेको छ । हाल विश्वभर कोरोना संक्रमितको कुल संख्या चार करोड ८३ लाख ८७ हजार तीन सय ६१ पुगेको छ । संक्रमितमध्ये १२ लाख २९ हजार ५ सय ४३ जनाको मृत्यु भइसकेको छ ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म कोरोना संक्रमितको कुल संख्या ९७ लाखभन्दा बढी पुगेको छ । संक्रमितमध्ये ६२ लाख ८२ हजारभन्दा बढी निको भएका छन् । अमेरीकामा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या दुई लाख ३९ हजार ७ सय ८१ पुगेको छ । भारतमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८३ लाख ६३ हजार चार सय १२ पुगेको छ । भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक लाख २४ हजार ३ सय ५४ पुगेको छ ।

नेपालमा हालसम्म एक लाख ८२ हजार ९ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यहाँ संक्रमितमध्ये एक लाख ४४ हजार नौं सय ७८ जना निको भइसकेका छन् । नेपालमा एक हजार ३४ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाइसकेका छन् । दार्चुला जिल्लामा समेत २६० जनाभन्दा बढीलाई संक्रमण पुष्टि भएको छ ।

रेडियो लोकदर्पण ९४.६ मेगाहर्जको कार्यक्रम दर्पण बहसका लागि रेडक्रस दार्चुलाका मन्त्री अवस्थीसंग गरिएको अडियो र भिडियो कुराकानी हेर्न र सुन्नका लागि यहाँ क्लीक गर्नुहोस

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?