कैलाली । कैलालीमा २ जना कोरोना संक्रमितको मत्यु भएको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार टीकापुरका १ पुरुष र बर्दगोरियाका १ महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

उहाँका अनुसार टीकापुर नगरपालिका–१ का ३९ वर्षीय १ पुरुष र बर्दगोरिया गाउँपालिका–४ की ५९ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । उनीहरुको होम आईसोलेसनमा बसेका बेला मृत्यु भएको जनाइएको हो ।

शुक्रबार मात्रै कैलालीका २ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । १ जना महिला र १ जना वडा अध्यक्षको पनि कोरोना संक्रमणबाट मृत्यु भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?