दार्चुला। दार्चुलामा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा आइतबार गरिएको परीक्षणमा लेकम गाउँपालिका ३ का २३ वर्षिय पुरुषमा कोरोना पुष्टि भएको हो । संक्रमण पुष्टि भएका पुरुषकोे स्वास्थ्य अवस्था समान्य रहेको छ ।
संक्रमित पुरुष होम आइसोलेसनमै बसीरहेका स्वास्थ्य कार्यालयका कोभीड १९ सम्पर्क व्यक्ति बिरेन्द्र राज भटटले जानकारी दिनुभयो ।




