दार्चुला । बैतडीको पुर्चौडी नगरपालिकामा कोभिड १९ अस्थायी अस्पतालको उद्घाटन गरिएको छ ।
संघिय सरकारको बजेटबाट स्थापना गरिएको ५ शैयाका कोभिड १९ अस्थायी अस्पतालको सोमबार उद्घाटन गरिएको हो ।
संघिय सरकारको १० लाख बजेटमा नगरपालिकाको वडा नं १ हाटमा रहेको पुरानो स्वास्थ्य चौकीको भवनमा स्थापना गरिएको कोभिड अस्पतालको नगरप्रमुख रण बहादुर कुवर र उपप्रमुख जानकी ऐर बलमे उद्घाटन गर्नुभएको हो ।
कोभिड १९ अस्थायी अस्पतालमा एक जना एमबिबिएस डाक्टर सहित दुई जना स्टाप नर्स र एक जना कार्यालय सहयोगि गरि चार जनाको दरबन्दी रहेकोे छ । नगरपालिकाका अनुसार एमबिबिएस डाक्टर सहित दुई जना स्टाप नर्स र कार्यालय सहयोगि अस्पतालमा हाजिर भइरसकेका छन ।
प्रत्येक स्थानीयतहमा कोभिड १९ अस्थायी अस्पताल स्थापन गर्ने संघिय सरकाको निति अनुरुप पुर्चौडी नगरपालिकामा पनि कोभिड १९ अस्थायी अस्पताल निर्माण गरिएको हो ।
विकट र जनघन्त्व बढीभएको पुर्चौडी नगरपालिकामा एमबिबिएस डाक्टर सहितको कोभिड अस्पताल स्थापना हुदा खुसि लागेको नगर उपप्रमुख जानकी ऐर बमले बताउनुभयो ।

पाँच ओटा बेड रहेको कोभिड अस्थायी अस्पतालमा लक्षण सहितका बिरामिहरुको उपचार हुने बताइएको छ । पुर्चौडी नगरपालिका तत्काल कोराना संक्रमण मुक्त रहेको भएपनि कोरोनाको जोखीम कायमै रहेकाले संक्रमण फैलिहाले उपचारमा सहजता हुने अपेक्षा गरिएको छ । कारी दिनुभयो ।

कोभिडका बिरामिलाइ दिईने सेवाका लागि अस्पतालमा आधाभुत कुराहरु पुगिसकेको बताउँदै नरपालिकाका स्वास्थ्य संयोज बिनोद बहादुर कुवरले अन्य सेवाका लागि पनि उपकरण थप्ने योजना रहेको जान




