दाईको शुभलगनमा सहोदर भाईलाई प्रबेश निषेध

दाई हजुरको शुभलगनको साइत जुरेछ, तपाइको आफ्नै सहोदर भाइको पुर्पुरो फुरेछ भनेर भन्दा मेरो खुसीमा डाह गरिस भन्नुहोला तर अझै पनि भाइ निम्तो आउला कि भनी पलपल कुरेछ ।

एउटै आमाबाको कोखबाट हजुरको जन्म छिटो भयो मेरो ढिलो हुनुमा के दोष, के म तिनै आमाबाको सन्तान र तपाईको सहोदर भाइ हैन र किन यस्तो विभेद गर्नुभो नखुल्दै मेरो होस ।

भनेको सुन्छु दाजुभाइको पैतृक सम्पतिमा समान हक हुन्छ अरे, मेरा लागि त आमाबाले जन्मिदै भेदभाव गर्न सुरू गरे । तपाइलाई त ६ महिनासम्म संस्कार सहित बाच्न सिकाए, आइपर्ने भीड र समस्या संग सहजैसंग भीड्न सिकाए, सके बाच्नु नसके मर्नु भनी म अबोध बालकलाई लत्याइ फाल्दा पनि बाचेको छु दाजु टुहुराजस्तै बने पनि ।

हजुरका लागि सिचाइ हुने मलिला खेतबारी बनेका महल अनि मेरा भागमा सुख्खा डाँडाको खेती र ओडार पो परे । यस्तो गर्दा पनि केही नबोली लड्दै पड्दै भाइ बामे सर्ने भएको छ, ओत लाग्ने ठाउँ खोजी सानो बारीमा पसिना र पौरखले हरियाली छाएको छ ।

सोचेथे आमाबाले छोडेपनि मेरो दाजु छोड्ने छैनन , मलाई एक्लै बनाएर आफ्नो कुनो मात्र जोड्ने छैनन । ।।।
कुर्दाकुर्दै मेरा दिन गए हजुरले बाटो मोड्दै जानुभो कहि कतै टाल्न बाकी आफ्नै महलका प्वालहरू टाल्नुभो , हेरिरहन्थे मुहारपुस्तिकामा देखे लगनको साइत अरे खुसीले फुरूङ्ग हुन नपाउदै आवाज आयो बल्ल खाइस रे । ,

किन भनिस साथी यस्तो भन्दा भित्र पढेर हेर भन्यो, एउटै परिवारको कान्छो भाइलाइ उत्सवमा प्रबेश निषेध रे, छिनभरमै सपना टुक्रिगए कालो बादल मडारियो आमाबा र सहोदर दाईबाट किन यस्तो व्यवहार गरियो ।

फेरि सुने साइत सरेछ सोचे पक्कै अब मलाई निम्ता आउँछ, अभिभावकविहिन यो जीन्दगीले दाईको अभिभावकत्व पाउछ, फेरि साइत तोकिएछ मलाई निम्तो आको छैन अझै पनि ममाथि निराशाले छाको छैन ।

यदि म सहयात्री बन्न लायक थिएन भने कान्छो भाइ कसरी बने, तिनै तपाईका आमाबाले हाम्रै पुत्र होस कसरी भने, म फुट्न चाहन्न संगै मिलौ अझै धेरै बिग्रेको छैन यस्तै गर्दै गयौ भने चुप लागेर अब म बस्ने हैन ।

मैले जन्मेको नक्षत्रमा जन्मेका सबैमाथि यस्तै विभेद भो अरे, जन्म दिनेको दोष हो हामीलाई अबोध शिशुले के गलत गरे, एउटै आमाका सन्तान फुटेर जानू राम्रो होइन , दाजुको लगनको निमन्त्रणा आउने आश अझै मरेको छैन । (सन्दर्भ निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन निर्वाचन)

  लेखक : ममता बिष्ट, दार्चुलाको लेकम गाउँपालिकामा लेखा अधिकृत पदमा कार्यरत हुनुहुन्छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?