नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख नाघ्यो

दार्चुला । नेपालमा कोरोना भाइरस (कोभिड–१९) का सङ्क्रमितको सङ्ख्या दुई लाख नाघेको छ । बुधबार थप दुई हजार पाँच सय ६९ जनामा कोरोना सङ्क्रमण देखिएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या पुगेको छ ।

पछिल्लो २४ घण्टामा १० हजार ८१ जनाको नमुना परीक्षण भएको हो । त्यस्तै गएको २४ घण्टामा एक हजार ६ सय ६६ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या एक लाख ६२ हजार दुई सय ४३ पुगेको छ ।

अब नेपालमा ३८ हजार नौ सय १२ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै एक हजार एक सय नौ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा २६ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार एक सय ७४ पुगेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?