बुधबार सुदूरपश्चिममा थप ५९ जनामा संक्रमण पुष्टि

दार्चुृला । सुदूरपश्चिम प्रदेशका ३ वटा प्रयोगशालामा २ सय ९७ जनाको परीक्षण गर्दा थप ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पताल, जिल्ला अस्पताल डोटी र अछामको कमलबजार नगरपालिकाको प्रयोगशालामा पछिल्लो २४ घण्टामा २ सय ९७ जनाको परीक्षण गर्दा थप ५९ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले जानकारी दिनुभयो ।

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा पछिल्लो २४ घण्टामा १ सय ८१ जनाको परीक्षण गर्दा ५४ जनामा संक्रमण पुष्टि भएको उहाँले बताउनुभयो । अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको धनगढी उपमहानगरपालिकाका २९ जनामा संक्रमण देखिएको जानकारी दिनुभयो ।

कैलालीकै गोदावरी नगरपालिकाका ३ जना, लम्किचुहा नगरपालिकाका, बर्दगोरिया नगरपालिकाका, टीकापुर नगरपालिकाका, घोडाघोडी नगरपालिकाका १र१ जनामा कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए । यस्तै ठेगाना नखुलेका कैलालीकै ८ जनामा समेत कोरोना पुष्टि भएको छ ।

यता कञ्चनपुरको भीमदत्त नगरपालिकाका ३ जना, पुर्नवास नगरपालिकाका २ जना, महाकाली नगरपालिकाका र बेल्डानी गाउँपालिकाका १-१ जना, यस्तै बझाङको बुंगल नगगरपालिकाका ३ जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी जानकारी दिनुभयो ।

यस्तै, जिल्ला अस्पताल डोटी प्रयोगशालामा ९३ जनाको परीक्षण गर्दा ५ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता कार्कीले बताउननुभयो । कमलबजार नगरपालिकाको प्रयोगशालामा २३ जनाको परीक्षण गरेपनि सबैको रिर्पोट नेगेटिभ आएको छ ।

यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १० हजार ७ सय ११ पुगेको छ । प्रदेशभर संक्रमण पुष्टि भएका झण्डै ८ हजार ६ हजार जनाले कोरोना जितेका छन् भने ४३ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?