डाक्टर गोविन्द केसीलाई कोरोना सङ्क्रमण

दार्चुला । अभियन्ता डाक्टर गोविन्द केसीलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ ।

बिहीबार गरिएको पीसीआर परीक्षणमा उहाँको रिपोर्ट पोजेटिभ आएको केसीका सहयोगी प्रितम सुवेदीले जानकारी दिनुभयो । ज्वरो र श्वासप्रश्वासमा समस्यासँगै केसीलाई खोकी लागिरहेको सुवेदीले बताउनुभयो ।

डाक्टर केसीको अहिले शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । चिकित्सा शिक्षा सुधारको माग गर्दै केसीले अभियान चलाइरहनुभएको छ ।

केही समयअघि मात्रै उहाँले १९ औँ पटकको सत्याग्रह तोड्नुभएको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?