दार्चुला । नेपालमा कोरोना भाइरस (कोभिड–१९) का सङ्क्रमितको सङ्ख्या दुई लाख १५ हजार २० पुगेको छ ।
बिहीबार थप दुई हजार एक सय तीन जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै गएको २४ घण्टामा दुई हजार आठ सय ५८ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या एक लाख ८५ हजार ६ सय ३८ पुगेको छ ।
अब नेपालमा २८ हजार एक सय ६ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै सात सय ६७ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।
२४ घण्टामा थप १७ सङ्क्रमितको ज्यान गएसँगै कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार दुई सय ७६ पुगेको छ ।





प्रतिक्रिया