गएको २४ घण्टामा १ हजार ९ सय ४५ जनामा कोरोना पुष्टि

दार्चुला । नेपालमा शुक्रबार एकैदिन पाँच हजारभन्दा धेरै जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शुक्रबार पाँच हजार तीन सय ६४ जना कोरोनामुक्त भएका हुन् । योसँगै अहिलेसम्म एक लाख ९१ हजार दुई जनाले कोरोनालाई जितेका छन् ।

यस्तै गएको २४ घण्टामा एक हजार नौ सय ४५ जना कोरोना सङ्क्रमित थपिएका छन् । योसँगै सङ्क्रमितको सङ्ख्या दुई लाख १६ हजार नौ सय ६५ पुगेको छ । अब नेपालमा २४ हजार ६ सय ६५ जना सक्रिय सङ्क्रमित छन् ।

यसैगरी गएको २४ घण्टामा २२ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १२ सय ९८ पुगेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?