बैतडी। बैतडीमा पहिलो पटक स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको छ । जिल्लाको पुर्चौंडी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनोदकुमार कुँवरलाई कोरोना पुष्टि भएको हो । साथै स्वास्थ्यकर्मी समेत रहेकी उहाँकी श्रीमती रेवती कुँवर र पुर्चौडी नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत कार्यालय सहयोगी सुरेन्द्रबहादुर बोहरामा पनि कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ।
गएको कात्तिक दोश्रो हप्ताबाटै स्वास्थ्यमा समस्या आएको र मंसिर २ गते स्वाब संकलन गरेर कोरोना परीक्षण गर्दा डडेल्धुरा अस्पतालको प्रयोगशालामा शुक्रबार कोरोना पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख कुँवरले जानकारी दिनुभयो ।
यसैबीच पुचौडी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनोदकुमार कुँवरले आफुलाई कोरोना पुष्टि भएपछि आफनो सम्पर्कमा रहेका सबैलाई सजग रहन आग्रह गर्नुभएको छ ।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफूमा कोरोना पुष्टि भएको जानकारी गराउँदै उहाले आफ्नो सम्पर्कमा रहेका सबैलाई सजकता अपनाउन र कोरोना परीक्षण गर्न पनि आग्रह गरेका छन् ।





प्रतिक्रिया