भारतको उत्तर प्रदेशमा विषाक्त रक्सी पिउँदा ६ जनाको ज्यान गयो

दार्चुला । भारतको उत्तर प्रदेश राज्यमा विषाक्त रक्सी पिउँदा ६ जनाको ज्यान गएको छ । त्यस्तै अरू १५ जना गम्भीर बिरामी भएका छन् ।

प्रयागराज जिल्लामा भएको घटनामा बिरामी भएकाहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको बीबीसीले जनाएको छ । प्रहरीले विषाक्त रक्सी बिक्रेतासहित तीन जनालाई पक्राउ गरेको छ । घटनाको थप अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ ।

बिहीबार बेलुकी एक पसलबाट रक्सी किनेर लगेकाहरू रक्सी पिएपछि बिरामी परेका थिए । बिहीबार नै एक जनाको ज्यान गएको तथा हिजो र आज गरी मृतकको सङ्ख्या ६ पुगेको खबरमा उल्लेख छ ।

एक हप्ताअघि पनि उत्तर प्रदेशको राजधानी लखनउमा विषाक्त रक्सी पिएका ६ जनाको ज्यान गएको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?