पछिल्लो २४ घण्टामा १ हजार ६ सय ७४ जनामा कोरोना सङ्क्रमण

दार्चुला । नेपालमा कोरोना भाइरस (कोभिड–१९) का सङ्क्रमितको सङ्ख्या दुई लाख १८ हजार ६ सय ३९ पुगेको छ ।

शनिबार थप एक हजार ६ सय ७४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आठ हजार एक सय ४४ जनाको नमुना परीक्षण गर्दा एक हजार ६ सय ७४ जनामा सङ्क्रमण देखिएको हो । त्यस्तै गएको २४ घण्टामा दुई हजार तीन सय २३ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या एक लाख ९३ हजार तीन सय २५ पुगेको छ ।

अब नेपालमा २४ हजार नौ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै सात सय ५७ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा थप सात सङ्क्रमितको ज्यान गएसँगै कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार तीन सय पाँच पुगेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?