संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आफूले प्राप्त गरेको कोरोना बीमा वापतको १ लाख रुपैयाँ आफ्नो निर्वाचन क्षेत्रका विपन्न नागरिकको कोरोना बीमा गर्न खर्चिनुभएको छ ।

मन्त्री भट्टराईका स्वकीय सचिव प्रेम गुरागाईका अनुसार पर्यटन मन्त्री कोरोना भाइरसको संक्रमणबाट मुक्त भएसँगै उनले बीमावापतको एक लाख रुपैयाँ प्राप्त गर्नुभएको हो ।

उक्त रकमबाट मन्त्री भट्टराईले आफ्नो निर्वाचन क्षेत्र ताप्लेजुङका ३ सय न्यून आए भएका, विपन्न, विद्यार्थी, असहाय तथा मजदुरको कोरोना बीमा गर्न खर्च गर्नुभएको हो ।

साथै मन्त्री भट्टराईले आफ्नो तलवभत्ताबाट ताप्लेजुङ स्थायी ठेगाना भएका कुल १२७६ जनाको कोरोना बीमा गराइदिनुभएको छ ।

यसरी मन्त्री भट्टराईले कुल १५७६ जना नागरिकको कोरोना बीमा आफ्नो खर्चबाट गराइदिएको उहाँको सचिवालयले जानकारी दिएको छ । उहाँ ताप्लेजुङ जिल्लाबाट प्रत्यक्ष निर्वाचित सांसद हुनुहुन्छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?