दार्चुलामा आज ११ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २९० पुग्यो

दार्चुलाका सात जना महिलासहित थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बुधबार डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा महाकाली नगरपालिका वडा नम्बर ४ का ११ जनामा कोरोना सक्रमण पुष्टि हो ।

मंसिर ५ गते विद्युत प्राधिकरणकाका आठ जना सहित १७ जनामा कोरोना सक्रमण पुष्टि भएपछि उनीहरुको प्रतक्ष सम्पर्कमा रहेकाहरुको स्वाब संकलन गरि परीक्षण गर्दा थप ११ जनामा कोरोना रिर्पोट पोजेटिभ आएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

स्वाब संकलन गरिएका ४६ जनामध्ये ४२ जनाको पीसीआर परीक्षण गर्दा ११ जनामा कोरोना पुष्टि भएको हो । बाँकी चार जनाको रिपोर्ट आउन बाकी छ ।

बुधबार ११ जना संक्रमित थपिएसंगै दार्चुलामा हालसम्म कोरोना संक्रमण हुनेको संख्या दुई सय ९० पुगेको छ । कोरोना पुष्टि भएका अढाइ सय बढी मानिसले कोरोना जितिसकेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?