लेकमका ७० वर्षीय पुरुषसहित दार्चुलाका थप १२ जनामा कोरोना पुष्टि

दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर १ का एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

बुधबार डडेल्धुरा अस्पतालमा गरिएको पीसीआर परीक्षणमा लेकमका ७० वर्षीय एक पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले जानकारी दिनुभयो । संक्रमित पुरुष उपचारका लागि डडेल्धुरामै रहेको बताइएको छ ।

यसैबिच बुधबार  दार्चुलाका सात जना महिलासहित थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा महाकाली नगरपालिका वडा नम्बर ४ का ११ जना र लेकम गाउँपालिका वडा नम्बर १ का एक पुरुषमा कोरोना सक्रमण पुष्टि हो ।

मंसिर ५ गते विद्युत प्राधिकरणकाका आठ जना सहित १७ जनामा कोरोना सक्रमण पुष्टि भएपछि उनीहरुको प्रतक्ष सम्पर्कमा रहेकाहरुको स्वाब संकलन गरि परीक्षण गर्दा थप ११ जनामा कोरोना रिर्पोट पोजेटिभ आएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । संक्रमण पुष्टि हुनेहरुमा तीन जना नेपाल प्रहरी र केहि कर्मचारी रहेका छन् ।

खलंगाबाट स्वाब संकलन गरिएका ४६ जनामध्ये ४२ जनाको पीसीआर परीक्षण गर्दा ११ जनामा कोरोना पुष्टि भएको हो । बाँकी चार जनाको रिपोर्ट आउन बाकी छ । बुधबार थप १२ जनामा कोरोना पुष्टि भएसंगै दार्चुलामा संक्रमितको कुल संख्या २९१ पुगेको छ ।

संक्रमण पुष्टि भएका दुई सय ६१ जनाले कोरोना जितिसकेका छन् । अरुको समेत स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?