चार करोड २३ लाख संक्रमणमुक्त, १४ लाख ३६ हजारको मृत्यु

विश्वभरमा चार करोड २३ लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन् । शुक्रबार बिहानसम्ममा चार करोड २३ लाख ७६ हजार पाँच सय ५८ जना संक्रमित कोरोनामुक्त भएका हुन् ।

हालसम्म विश्वमा ६ करोड १२ लाख ८३ हजार २२ जनामा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये १४ लाख २६ हजार आठ सय ६० जनाको मृत्यु भइसकेको छ । हाल विश्वमा एक करोड ७४ लाख ७१ हजारभन्दा बढी सक्रिय संक्रमित छन् ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म १ करोड ३२ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । संक्रमितमध्ये ७८ लाख ४६ हजारभन्दा बढी निको भएका छन् भने दुई लाख ६९ हजार पाँच सय ५२ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

भारतमा हालसम्म ९३ लाख आठ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । संक्रमितमध्ये ८७ लाख १६ हजारभन्दा बढी निको भएका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख ३५ हजार सात सय ३४ पुगेको छ ।

नेपालमा हालसम्म दुई लाख २७ हजार ६ सय ४० जनामा कोरोना पुष्टि भएको छ । संक्रमितमध्ये दुई लाख नौं हजार चार सय ३५ जना निको भएका छन् । यहाँ कोरोनाबाट एक हजार चार सय १२ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?