दार्चुलामा १३ हजार बालबालिकालाई भिटामीन ‘ए’ खुवाइयो

दार्चुला । राष्ट्रिय भिटामीन ‘ए’ कार्यक्रम अन्तर्गत दार्चुलाका १३ हजार बढी बालबालिकाहरुलाई भीटामीन ‘ए’ क्याप्सुल खुवाइएको छ । यस्तै ११ हजार बढी बालबालिकाहरुलाई जुकाको औषधि खुवाइएको स्वास्थ्य कार्यालय दार्चुलाका जनस्वास्थ्य अधिकृत जयराज भट्टले जानकारी दिनुभयो ।

६ महिनादेखि ५९ महिना सम्म बालबालिकाहरुलाई भिटामीन ‘ए’ र १२ महिनादेखि ५९ महिना सम्मका बालबालिकाहरुलाई जुकाको औषधि खुवाइएको जनस्वास्थ्य अधिकृत भट्टले बताउनुभयो । बिहीबार र शुक्रबार दुई दिन बालबालिकाहरुलाई देशभरी भिटामीन ‘ए’, जुकाको औषधि र बालभिटा खुवाइएको छ । यसका लागि दार्चुलामा ३७२ जना महिला स्वास्थ्य स्वयंसेविकाहरु परिचालन गरिएका थिए । प्रत्येक स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरु समेत परिचालन गरिएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

सरकारले कोराना भाइरसको संक्रमणसँग मिल्ने लक्षण भएका बालबालिकालाई भिटामिन ‘ए’ को क्याप्सुल नखुवाउन आग्रह गरेको थियो । भिटामिन ‘ए’ क्याप्सुल खुवाउने समयमा यदि कुनै बच्चा वा स्याहारकर्तालाई ज्वरो आएको वा अन्य कोरोनासँग मिल्दोजुल्दो लक्षणहरू देखिएको छ भने भिटामिन ‘ए’ को क्याप्सुल नखुवाउन स्वास्थ्य मन्त्रालय आग्रह गरेको भएपनि दार्चुलामा कसैलाई पनि त्यस्तो समस्या नदेखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । कोरोना संक्रमणलाई ध्यानमा राख्दै ६ देखि ५९ महिनासम्मका बालबालिकाहरूको पाखुराको नाप भने नलिइएको जनस्वास्थ्य अधिकृत भट्टले बताउनुभयो।

अहिलेको खोप कार्यक्रममा छुटेका बालबालिकालाई पायक पर्ने स्वास्थ्य संस्थामा सम्पर्क गर्न सरकारले आग्रह गरेको छ । कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका बालबालिकालाई अहिलेको खोप कार्यक्रममा छुटेका छन् । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका बालबालिकालाई अहिले भिटामिन ए र जुकाको औषधि नखुवाउन सरकारले आग्रह गरेपछि केही बालबालिका छुटेका छन् ।

त्यस्ता बालबालिकालाई सञ्चो भएपछि मात्रै पायक पर्ने स्वास्थ्य संस्थामा सम्पर्क गर्न भनिएको छ । कोरोना सङ्क्रमण जोखिमका कारण अहिले भिटामिन ए र जुकाको औषधि अलग्गै अभिभावकलाई दिएर आफ्ना बालबालिकालाई खुवाउनु भनिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?