पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ५५ जनामा कोरोना पुष्टि

दार्चुला । गएको २४ घण्टामा नेपालमा १ हजार २ सय ५५ जनालाई कोरोना भाइरसको सङ्क्रमण भएको छ ।

योसहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३१ हजार ९ सय ७८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गएको २४ घण्टामा ८ हजार ८ जनाको पीसीआर परीक्षण भएको थियो । आज देशभर १७ हजार ९ सय ९ जना सक्रिय संक्रमित छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज देशभर १ हजार ४ सय ४ जनाले कोरोनालाई जितेका छन् ।यो सँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख १२ हजार ५ सय ९० पुगेको छ ।

यस्तै गएको २४ घन्टामा २५ जनाको ज्यान गएसँगै कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या १ हजार ४ सय ७९ पुगेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?