विश्वभरमा चार करोड ४४ लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन् । बुधबार बिहानसम्ममा चार करोड ४४ लाख २७ हजार दुई सय ८५ जना संक्रमित कोरोनामुक्त भएका हुन् ।
हालसम्म विश्वमा ६ करोड ४१ लाख ६२ हजार आठ सय ३६ जनामा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये १४ लाख ८५ हजार पाँच सय ५७ जनाको मृत्यु भइसकेको छ । हाल विश्वमा एक करोड ८२ लाख ५६ हजारभन्दा बढी सक्रिय संक्रमित छन् ।
कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म १ करोड ४१ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । संक्रमितमध्ये ८३ लाख ३३ हजारभन्दा बढी निको भएका छन् भने दुई लाख ७६ हजार नौ सय नौ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।
भारतमा हालसम्म ९४ लाख ९५ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । संक्रमितमध्ये ८९ लाख २६ हजारभन्दा बढी निको भएका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख ३८ हजार ९० जना पुगेको छ ।
नेपालमा हालसम्म दुई लाख ३३ हजार चार सय ५२जनामा कोरोना पुष्टि भएको छ । संक्रमितमध्ये दुई लाख १६ हजार पाँच सय ९४ जना निको भएका छन् । यहाँ कोरोनाबाट एक हजार पाँच सय २९ जनाले ज्यान गुमाइसकेका छन् ।





प्रतिक्रिया