२४ घण्टामा १ हजार ४९० जनामा कोरोना सङ्क्रमण

दार्चुला । नेपालमा कोरोना भाइरस (कोभिड–१९) का सङ्क्रमितको सङ्ख्या दुई लाख ३६ हजार दुई सय ४६ पुगेको छ ।

बुधबार थप एक चार सय ९० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आठ हजार तीन सय जनाको नमुना परीक्षण गर्दा एक चार सय ९० जनामा सङ्क्रमण देखिएको हो । त्यस्तै गएको २४ घण्टामा एक हजार पाँच सय ६७ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या दुई लाख १८ हजार एक सय ६१ पुगेको छ ।

अब नेपालमा १६ हजार पाँच सय ४७ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै ६ सय पाँच जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा थप ९ जना सङ्क्रमितको ज्यान गएसँगै कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार पाँच सय ३८ पुगेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?