दार्चुलामा थप एक जनामा कोरोना संक्रमण पुष्टि

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकाका थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालामा बिहिबार(आज) गरिएको परिक्षणमा जिल्लाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ८ का एक ३२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

धनगढीमै कोरोना परिक्षणका लागि स्याब दिएका ती पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

दार्चुलामा हालसम्म तीन हजार छ सय बढीको कोरोना परीक्षण गर्दा दुई सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि भएकामध्ये दुई सय ६२ जनाले कोरोना जितिसकेका छन । जिल्लामा कोरोना संक्रमणबाट दुई जनाको ज्यान गईसकेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?