बैतडीका थप ७ जनामा कोरोना पुष्टि

दार्चुला । बैतडीका थप सात जनामा कोरोना पुष्टि भएको  छ ।

जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको परिक्षणमा छ जना र सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा थप एक जनामा कोरोना पुष्टि भएको हो ।

आइतबार जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा दशरथचन्द नगरपालिका पाँच जना र सुर्नया गाउँपालिकाका १ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीका कोभिड १९ सम्पर्क व्यक्ति भुवन प्रशाद जोशीले जानकारि दिनुभएको छ । त्यस्तै सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा दोगाडाकेदार गाउँपालिकाका थप एक जनामा संक्रमण पुष्टि भएको छ ।

दशरथचन्द नगरपालिका वडा नम्बर ३ का ३० वर्षिय पुरुष , वडा नम्बर ४ का ३३ र ४१ वर्षिय पुरुष , नेपाली सेनाका १ पुरुष , दशरथचन्द नगरपािलका वडा नम्बर १ का २९ वर्षिय  पुरुष गरि जम्मा ६ जनामा कोरोना पुष्टि भएको उहाँले बताउनुभयो ।

आइतबार थप सात जनामा कोरोना पुष्टि भएसंगै बैतडीमा कोरोना संक्रमितको सङख्या पाँच सय ७८ पुगेको छ।

अब बैतडीमा ७२ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन ।

हाल जिल्लाको दशरथचन्द नगरपालिकामा ४६ , पुर्चौडी नगरपालिकाका दुई , डिलाशैनि गाउँपालिकामा १७ , सुर्नयामा एक जना र दोगडाकेदार गाउँपालिकामा दुई जना कोरोनाका सक्रिय संक्रमित रहेका छन ।

कोरोनाका सक्रिय संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।

जिल्लामा अहिले सम्म कोरोना संक्रमण पुष्टि भएकोमा ५ सय ५ जना कोरोना मुक्त भइसकेका छन भने एक जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?