दार्चुला । दार्चुलाको लेकम गाउँपालिकामा थप दुई जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । गाउँपालिका कार्यालयमा कार्यरत एक जना कर्मचारी र लेकम गाउँपालिका वडा नम्बर ४ का एक जना शिक्षक गरी दुई जनामा संक्रमण पुष्टि भएको हो ।

दुबै जनालाई सोमबार डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणका क्रममा कोरोना पुष्टि भएको लेकम गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ । संक्रमित दुबै जना करिब एक हप्ता पहिलेदेखि जिल्ला बाहिर रहेका छन् । संक्रमण पुष्टि भएका कर्मचारीमा गाउँपालिका कार्यालयमा कार्यरत रहेकै बेला कोरोनासंग मिल्ने सामान्य लक्षण देखा परेको बताइएको छ ।

संक्रमण पुष्टि भएका कर्मचारीको प्रतक्ष सम्पर्कमा रहेका कर्मचारी र जनप्रतिनिधिहरुको एक दुई दिन भित्रै पीसीआर परीक्षणका लागि थ्रोट स्वाबको नमुना संकलन गर्ने तयारी भइरहेको लेकम गाउँपालिका अध्यक्ष परमानन्द जोशीले जानकारी दिनुभयो । गाउँपालिकामा थप संक्रमण फैलिन नदिन अपनाउने सतर्कता लगायत विषयमा छलफल तथा निर्णय गर्न बुधबार गाउँपालिका अन्तरगतको विपद् व्यवस्थापन समितिको बैठक बोलाइएको उहाँले बताउनुभयो ।

गाउँपालिकाभरी पछिल्लो साता विभिन्न सामाजिक गतिविधि सञ्चालन भएकोले सुरक्षा सतर्कता तथा कोरोना सम्बन्धि स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्न सबै गाउँपालिकाबासीलाई गाउँपालिकाले अनुरोध गरेको छ ।

यसैबिच अहिले दार्चुलाभित्र कोरोनाका १२ जना मात्रै संक्रिय संक्रमित रहेका छन । जिल्लामा हाल सम्म तीन सय जनामा कोरोना संक्रमण पुष्टि भएकोमा १२ जना मात्रै संक्रिय संक्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाका सूचना अधिकारी खगेन्द्र कार्कीले बताउनुभयो । जिल्लामा हालसम्म तीन हजार सात सय बढीको पीसीआर विधिमार्फत कोरोना परीक्षण गर्दा तीन सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

दार्चुलामा संक्रमण पुष्टि भएका दुई सय ८७ जनाले कोरोना जितिसकेका छन् । सात वटा स्थानीय तह तत्कालका लागि कोरोनामुक्त भएका छन् । लेकम गाउँपालिकामा थपिएका संक्रमित जिल्ला बाहिर रहेकोले जिल्लाभित्रको तथ्याङकमा समावेश गरिएको छैन् । हाल अपिहिमाल गाउँपालिकाका आठ जना र महाकाली नगरपालिकाका चार जना गरी १२ जना मात्रै सक्रिय संक्रमित रहेको सूचना अधिकारी कार्कीले बताउनुभयो ।

जिल्लामा हालसम्म उपचारको लागि धनगढी लैजादै गर्दा बैतडीको सतबाँझमा एक जना र जिल्ला बाहिर उपचारको क्रममा दुई जना गरी दार्चुलाका तीन जना पुरुषको कोरोना संक्रमणका कारण ज्यान भएको छ ।

यसैबिच कोरोना सङ्क्रमित कर्मचारीले कोरोना बिदा पाउने भएका छन् । मन्त्रिपरिषद्को निर्णय अनुसार कोरोना पोजेटिभ देखिए पनि सामान्य अवस्थामा रहेको कर्मचारीलाई १४ दिनको बिदा, हस्पिटलमा बस्नुपर्ने अवस्थाको कर्मचारीलाई हस्पिटलमा उपचार गरेको समयावधिसम्म बिदा पाउने उहाँले बताउनुभयो । साथै, निजी संघ संस्थाका हकमा समेत सोही अनुसारको व्यवस्था गर्न गराउन पनि परिपत्रमा उल्लेख गरिएको छ ।

यो निर्णयसँगै यसअघि कोरोना संक्रमणका कारण कार्यालयमा आउन नसक्नेका कर्मचारीलाई पनि सोही अवधिको कोरोना बिदा पाउने भएका छन् । कोरोनाको कारण कार्यालयमा उपस्थित हुन नसकेका सरकारी तथा अर्धसरकारी निकाय सबैले उक्त बिदा पाउन सक्नेछन् । बिदाको लागि सम्बन्धित कार्यालय प्रमुखले क्वारेन्टिन वा आइसोलेशनमा बसेको वा अस्पतालमा भर्ना भएको व्यहोरासहितको प्रमाणहरु अनिवार्य गरिएको छ । सार्वजनिक निकायमा कार्यरत पदाधिकारी वा कर्मचारी कोरोनाबाट संक्रमित भएमा वा कन्टयाक्ट ट्रेसिङ्गमा परेमा त्यस्ता पदाधिकारी वा कर्मचारीबाहेक अन्य कर्मचारी पदाधिकारीबाट सार्वजनिक सेवालाई निरन्तरता दिने व्यवस्था मिलाउन समेत परिपत्रमा भनिएको छ ।

यसको नियमित अनुगमन सम्बन्धित मन्त्रालय र प्रदेश संकट व्यवस्थापन केन्द्र, जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले गर्नेछन् । हाल नेपालमा तीन तहमा एक लाख ३८ हजार निजामती कर्मचारीको दरबन्दी छ । संघमा ५९ हजार, प्रदेशमा २२ हजार पाँचसय र स्थानीयमा ६७ हजार कर्मचारीको दरबन्दी रहेको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?