दार्चुला । सुदूरपश्चिममा मंगलबार आज थप ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रदेशका ४ वटा प्रयोगशालामा चार सय २६ जनाको परीक्षण गर्दा थप ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल, जिल्ला अस्पताल बझाङ र कमलबजार नगरपालिकाको प्रयोगशालामा पछिल्लो २४ घण्टामा चार सय २६ जनाको परीक्षण गर्दा थप ५९ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले जानकारी दिनुभयो ।
सेती प्रादेशिक अस्पताल प्रयोगशालामा दुई सय ७९ जनाको नमूना परीक्षण गर्दा ४२ जना,अझामको कमलबजार नगरपालिकाको प्रयोगशालामा ५८ जनाको नमूना परीक्षण गर्दा सात जना, डडेल्धुरा अस्पताल प्रयोगशालामा ५२ जनाको नमूना परीक्षण गर्दा दुई जना र जिल्ला अस्पताल बैतडीमा ३७ जनाको नमूना परीक्षण गर्दा आठ जनामा संक्रमण पुष्टि भएको कार्कीले बताउनुभयो ।
यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १२ हजार २ सय ५० पुगेको छ । प्रदेशभर संक्रमण पुष्टि भएका ९ हजार ६ सय ६३ जनाले कोरोना जितेका छन् भने ५९ जनाको मृत्यु भएको छ ।





प्रतिक्रिया