दार्चुला अस्पतालमा भेन्टिलेटर सहितको आइसियु कक्ष उद्घाटन

दार्चुला । सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा जिल्ला अस्पताल दार्चुलामा भेन्टिलेटरसहित दुई बेडको आइसियु कक्ष उद्घाटन गरिएको छ ।

सुदूरपश्चिम प्रदेश सभाका उप सभामुख निर्मला बडाल जोशीले अस्पतालमा निर्माण भएको भेन्टिलेटर सहितको दुई बेडको आइसियु कक्षको बिहिबार (आज) बिहान उद्घाटन गर्नुभएको हो ।
भेन्टिलेटरसहितको आइसियु कक्ष उद्घाटन गर्दै उप सभामुख निर्मला बडाल जोशीले कोरोनाका गम्भीर बिरामीहरुलाई सेवा दिने उद्देश्यले प्रदेश सरकारले सुदूरपश्चिमका सबै जिल्लाका अस्पतालहरुमा भेन्टिलेटर सहितको आइसियु कक्ष स्थापनाका लागि उपकरण पठाएको जानकारी दिनुभयो । उपकरण पुगेर जडान भएपनि उपकरण सञ्चालन गर्नका लागि दक्ष जनशक्ति अभाव रहेको जिल्ला अस्पताल दार्चुलाले जनाएको छ ।

जिल्ला अस्पाताल व्यवस्थापन समिति दार्चुलाका अध्यक्ष दलजित सिह धामीको अध्यक्षता रहेको उद्घाटन कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभाका उप सभामुख निर्मला बडाल जोशीको प्रमुख आतिथ्यता रहेको थियो । जिल्ला समन्वय समिति प्रमुख करबिर बहादुर कार्कीको विशिष्ट आतित्थता रहेको उक्त कार्यक्रममा स्वास्थ्यकर्मी, जनप्रतिनिधि लगायतको सहभागिता रहेको थियो । सुदूरपश्चिम प्रदेश सरकारको भेन्टिलेटरसहित आइसियु कक्ष स्थापना गर्ने निर्णय स्वागतयोग्य तथा जनमैत्री रहेको प्रदेश सभा सदस्य गेल्बुसिंह बोहराले बताउनुभयो ।

दार्चुलामा हालसम्म तीन सय दुई जनालाई कोरोना संक्रमण पुष्टि भएकोमा दुई वटा स्थानीय तहका १२ जनामात्रै सक्रिय संक्रमित रहेका छन् । भेन्टिलेटर सहित आइसियु कक्ष स्थापना हुनु स्वागतयोग्य काम भएपनि तत्काल जनशक्ति व्यवस्थापन गर्नु आवश्यक रहेको चिकित्सकहरुको भनाई छ ।

छविमा समावेश हुनसक्ने: २ जना मानिसहरू, बाहिरी

तस्बिर : सुदूरपश्चिम प्रदेश सभा उप सभामुख निर्मला बडाल जोशीका स्वकिय सचिब हरिश भट्ट!

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?