नौगाड गाउँपालिकामा नागरिक आरोग्य सेवा केन्द्रको उद्घाटन

दार्चुला । नौगाड गाउँपालिका वडा नम्बर ५ होपरीगाडमा नागरिक आरोग्य सेवा केन्द्रको उद्घाटन गरिएको छ ।

नौगाड गाउँपालिकाका अध्यक्ष प्रेमसिंह धामी र जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्र दार्चुलाका निमित्त कार्यालय प्रमुख एबं कबिराज निरीक्षक लोकेन्द्र प्रसाद जोशीले एक औपचारीक कार्यक्रमका बिच नागरिक आरोग्य सेवा केन्द्रको उद्घाटन गर्नुभएको हो ।

दार्चुलाका तीन वटा स्थानीय तहमा यो वर्षदेखि नागरिक आरोग्य सेवा केन्द्र सञ्चालन हुने भएका छन् । लेकम गाउँपालिका वडा नम्बर ४ रातामाटामा यसअघि आरोग्य सेवा केन्द्रको उद्घाटन भइसकेको छ । मार्मा गाउँपालिकाको लाम्बगर समेत छिट्टै सेवा केन्द्रको उद्घाटन गर्ने तयारी रहेको जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्र दार्चुलाका निमित्त कार्यालय प्रमुख एबं कबिराज निरीक्षक लोकेन्द्र प्रसाद जोशीले जानकारी दिनुभयो । नागरिक आरोग्य सेवा केन्द्रबाट बिरामीको नियमित जाँच, निःशुल्क आयुर्बेदिक औषधी बितरण लगायतका सेवाहरु उपलब्ध हुनेछन् ।

कबिराज निरीक्षक जोशीका अनुसार आयुर्बेद औषधीलाई समेत अत्यावश्यकिय सेवा अन्तरगत राखिएकोले विशेषगरी बाथ रोग, अम्लपित्त, युरिक एसिड, दम, उच्च रक्तचाप, सुत्केरी महिलाका लागि दुग्ध बर्धक औषधी, जेष्ठ नागरिकहरुका लागि शक्तिवद्र्धक आयुर्बेद औषधीहरु सेवा केन्द्रहरुबाट बितरण हुनेछन् ।

नौगाड गाउँपालिका उपाध्यक्ष गौरी देबि ठगुन्नाको विशिष्ट आतिथ्यता रहेको कार्यक्रममा दुई सय बढी स्थानीय कर्मचारी र सेवाग्राहीहरुको उपस्थिति रहेको थियो ।

छविमा समावेश हुनसक्ने: एक वा थप मानिसहरू, बसिरहेका मानिसहरू तथा  बाहिरी

छविमा समावेश हुनसक्ने: एक वा थप मानिसहरू, उभिएका मानिसहरू तथा  बाहिरी

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?