दार्चुला । सुदूरपश्चिम प्रदेश सभाका उपसभामुख निर्मला बडाल जोशीले मार्मा गाउँपालिकामा निर्माण हुने स्वास्थ्य चौकी भवनको शिलान्यास गर्नुभएको छ ।
मार्मा गाउँपालिका वडा नम्बर १ घोल्जरमा मार्मा गाउँपालिका र सुदूरपश्चिम प्रदेश सरकारको समपुरक अनुदानमा निर्माण हुने भवनको सोमबार (आज) एक कार्यक्रमका बीच उपसभामुख जोशीले शिलान्यास गर्नुभएको हो ।
भवन शिलान्यास कार्यक्रममा जिल्ला समन्वय समिति उपप्रमुख कृष्णसिह धामी, मार्मा गाउँपालिका अध्यक्ष जमनसिह धामी, गाउँपालिका उपाध्यक्ष बागमति ठगुन्ना, मालिकार्जुन गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष प्रेम पन्त लगायतको आतिथ्यता रहेको थियो ।

यसअघि आइतबार यो क्षेत्रको दह र तौलीमाण्डौ बस्तीको लागी उपसभामुख जोशीले सामुदायिक स्वास्थ्य इकाई केन्द्रको उद्घाटन गर्नुभएको थियो । मार्मा गाउँपालिकाको वडा नम्बर १ घोल्जर क्षेत्र भौगोलिक विकटता भएको क्षेत्र हो ।
मार्मा गाउँपालिकाले सबै विकट बस्तीहरुका नागरिकहरुलाई आधारभुत स्वास्थ्य सेवाको सुनिश्चितता गर्न आधा दर्जन बढी बस्तीमा सामुदायिक स्वास्थ्य इकाई केन्द्रको स्थापना गरेको गाउँपालिका अध्यक्ष जमनसिंह धामीले बताउनुभयो ।
उपसभामुख जोशी नेतृत्वको टोलीले वडा नम्बर १ का वस्तीहरुमा आइतबार र सोमबार कार्यकर्ता भेटघाट समेत गरेको उपसभामुख जोशीका स्वकिय सचिव हरिश भट्टले बताउनुभयो ।








