सुदूरपश्चिममा शुक्रबार थप ७२ जनामा कोरोना पुष्टि

दार्चुला । सुदूरपश्चिम प्रदेशका ३ वटा प्रयोगशालामा झण्डै ३ सयको परीक्षण गर्दा थप ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र अछामको कमलबजार नगरपालिकाको प्रयोगशालामा पछिल्लो २४ घण्टामा २ सय ९२ जनाको परीक्षण गर्दा थप ७२ जनामा संक्रमण पुष्टि भएको पूदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले जानकारी दिनुभयो।

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा १ सय ५० जनाको नमूना परीक्षण गर्दा ४४ जना, डडेल्धुरा अस्पताल १ सय ३ जनाको परीक्षण गर्दा १६ र कमलबजार नगरपालिकाको प्रयोगशालामा ३९ जनाको परीक्षण गर्दा १२ जनामा संक्रमण पुष्टि भएको कार्कीले बताउनुभयो।

यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १३ हजार १ सय ६ पुगेको छ। प्रदेशभर संक्रमण पुष्टि भएका १० हजार १ सय ४७ जनाले कोरोना जितेका छन् भने ६७ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?