अपहरण गरिएका ३ सयभन्दा धेरै नाइजेरियाली विद्यार्थी मुक्त

दार्चुला । नाइजेरियामा एक हप्ताअघि बेपत्ता पारिएका तीन सयभन्दा धेरै विद्यार्थी अपहरणमुक्त भएका छन् ।

नाइजेरियाको उत्तरी राज्य कात्सिनाबाट बन्दुकधारी समूहले विद्यालयमा आक्रमण गरी तीन सयभन्दा धेरै विद्यार्थीलाई अपहरण गरेका थिए । तीन सय ४४ जना विद्यार्थी कात्सिना फर्केका र उनीहरुको स्वास्थ्य उपचारपछि परिवारको जिम्मा लगाइने कात्सिना राज्यका गभर्नर अमिनु मासारीले बताएका छन् ।

राजधानी क्याट्सिना आइपुगेका विद्यार्थीहरु थकित अवस्थामा देखिएको र चिन्तित भएको संवाददाताले जानकारी दिएको बीबीसीले जनाएको छ । उनीहरु चिन्तित देखिए पनि ठिक रहेको बताइएको छ । तीमध्ये केहीले विद्यालयको पोसाक लगाइरहेको र केहीले कम्बल ओडिरहेका थिए ।

गएको ११ डिसेम्बरमा कंकारा सहरमा रहेको एक विद्यालयमा भएको आक्रमणमा आफ्नो संलग्नता रहेको इस्लामिक आतङ्कवादी समूह बोको हरामले दाबी गरेको थियो ।

अपहरणमा परेको सबै जना रिहा भएका हुन् वा होइनन् भन्नेबारेमा स्पष्ट भइसकेको छैन ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?