बैतडी । पुर्चौडी नगरपालिका वडा नम्बर ४ मा रहेको भटना स्वास्थ्य चौकीमा प्रयोगशाला (ल्याब) स्थापना गरिएको छ । नगरपालिकाको झण्डै चार लाखको लगानीमा प्रयोगशाला स्थापना गरिएको स्वास्थ्य चौकी ईन्चार्ज रोहित कुमार धानुकले जानकारी दिनुभयो ।
प्रयोगशालाको आज एक कार्यक्रममा बिच पुर्चौडी नगरपालिकाका नगरप्रमुख रण बहादुर कुवरले उद्धघाटन गर्नुभएको हो । वडा नम्बर ४ का वडा अध्यक्ष शैलेन्द्र धानुकको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा नगरप्रमुख रणबहादुर कुवँरको प्रमुख आतिथ्यता रहेको थियो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बैतडी जिल्ला कमिटि सचिवालय सदस्य हर्क बहादुर धानुक र पुर्चौडी नगरपालिकाका स्वास्थ्य संयोजक भिर राज भट्टको शिबिष्ट आतिथ्यता रहेको थियो । अहेब महानन्द भट्टले सञ्चालन गरेको उक्त कार्यक्रममा स्वास्थ्य चौकी इन्चार्ज रोहित धानुकले स्वागत मन्तब्य राख्नुभएको थियो ।
स्वास्थ्य चौकीमा प्रयोगशाला स्थापना पश्चात बिरामीहरुको रगत, दिशा पिसाब र खकार चेकजाचको सेवा प्राप्त हुने स्वास्थ्य चौकीका हेल्थ असिस्टेण्ट ललित बमले बताउनुभयो । यसअघि पुर्चौडी नगरपालिकाको तल्लादेखि, हाट, कुवाकोट र महादेबस्थानका स्वास्थ्य संस्थाहरुमा प्रयोगशाला सेवा सञ्चालनमा आइसकेको रेडियो लोकदर्पणका पुर्चौडी समाचारदाता हरि सिह साउँदले खबर पठाउनुभएको छ ।
यस्तै पुर्चौडी नगरपालिका वडा नम्बर ४ कै जोगेपानीमा स्थापना भएको प्रसुती सेवा केन्द्रको पनी आज उद्धघाटन गरिएको छ । नगरप्रमुख रण बहादुर कुवंरले प्रसुती सेवा केन्द्रको पनी उद्धघाटन गर्नुभएको हो । नगर सहरी स्वास्थ्य केन्द्र कार्यक्रम अन्र्तगत उक्त ठाउँमा प्रसुती सेवा केन्द्र स्थापना गरिएको हो ।
सामाजिक बिकास मन्त्रालयको १५ लाखको लगानीमा २ कोठे भवन निर्माण गरिएको छ । यस्तै स्वास्थ्य कार्यालय बैतडीले डेलीभरी सेट र अन्य स्वास्थ्य उपकरणहरु प्रसुती सेवा केन्द्रलाई उपलब्ध गराएको छ । केन्द्रमा एक जना अनमी र १ जना अहेब राखेर सेवा सुरु गरिएको बताईएको छ ।





प्रतिक्रिया