दार्चुलामा तीन जना सक्रिय संक्रमित, ३०८ ले जिते कोरोना

दार्चुला । दार्चुलामा दुई स्थानीय तहका तीन जना मात्रै कोरोनाका संक्रिय संक्रमित रहेका छन ।

हालसम्म जिल्लामा तीन सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा दुई स्थानीय तहका तीन जना मात्रै कोरोनाका संक्रिय संक्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाका सूचना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिनुभयो ।

अहिले दार्चुलाको लेकम गाउँपालिकामा दुई जना र अपिहिमाल गाउँपालिकामा एक जना संक्रिय संक्रमित रहेका छन । उनिहरुको समेत स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

हालसम्म तीन हजार आठ सय ५५ जनाको पीसीआर विधिमार्फत कोरोना परीक्षणको लागी स्वांव संकलन गरिएको सूचना अधिकारी कार्कीले बताउनुभयो ।

दार्चुलामा संक्रमण पुष्टि भएका तीन सय आठ जनाले कोरोना जितिसकेका छन् । भने एक जनाको अस्पताल लैजादै गर्दा बैतडीको सतबाँजमा र दुई जनाको जिल्ला बाहिर उपचारको क्रममा गरी दार्चुलाका तीन जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?