यमनमा प्रधानमन्त्री लक्षित आक्रमणमा कम्तीमा २२ को ज्यान गयो

दार्चुला । यमनको एउटा विमानस्थलमा भएको आक्रमणमा कम्तीमा २२ जनाको ज्यान गएको छ । अरु ५० जनाभन्दा धेरै घाइते भएका छन् ।

केही समयअघि गठन भएको सरकारका सदस्यहरू चढेको विमान छिमेकी साउदी अरेबियाबाट आएर अवतरण गरेको केहीबेरमै विस्फोट भएको बीबीसीले जनाएको छ ।

यमनको दक्षिणी भागमा रहेको एडन सहरको विमानस्थलमा भएको विस्फोटमा सहायतामा जुटेकाहरू र अरु अधिकारीहरू रहेको खबरमा उल्लेख छ । यमनका प्रधानमन्त्री मीन अब्दुल मलिक सइदले आफू र मन्त्रिपरिषद् सदस्यहरू सकुशल रहेको बताउनुभएको बीबीसीले जनाएको छ ।

यमनको एउटा समाचार वेबसाइट अल(मस्दरले श्रम मन्त्रालयका उप(सचिव मारिएका र दुई जना उप(मन्त्री घाइते भएका उल्लेख गरेको छ । यमनका सूचना मन्त्रीले हुथी विद्रोहीहरूल विस्फोट गराएको आरोप लगाउनुभएको छ ।

यमन सन् २०१५ देखि द्वन्द्वको चपेटामा छ । यमनमा द्वन्द्वका कारण एक लाख १० हजारभन्दा धेरैले ज्यान गुमाइसकेका बताइएको छ । द्धन्दका कारण यमनका लाखौं मानिसलाई भोकमरीको चपेटामा पारेको छ ।

कोरोना महामारीले यमनको अवस्था झन् कमजोर बनाइदिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?