सिरियामा बसमा भएको आक्रमणमा २८ जनाको ज्यान गयो

दार्चुला । सिरियामा एउटा बसमा भएको आक्रमणमा परि कम्तीमा २८ जनाको ज्यान गएको छ । डेइर अल(जोउर प्रान्तको पूर्वी क्षेत्रमा बसमाथि एम्बुस आक्रमण भएको हो ।

सिरियाको सरकारी सञ्चारमाध्यमले ज्यान गुमाउनेहरु सामान्य नागरिक रहेको बताएको छ तर अरु स्रोत र अनुगमन समूहहरूले भने सैनिक चढेको बसमा एम्बुस आक्रमण भएको र ज्यान गुमाउनेहरु सैनिक रहेको उल्लेख गरेका बीबीसीले जनाएको छ ।

आक्रमणमा ज्यान गुमाउनेको संख्या अझै धेरै हुन सक्ने अनुमान रहेको खबरमा उल्लेख छ । सिरियन अब्जरभेटरी फर ह्यूमन राइट्स (एसओएचआर) ले आक्रमण विद्रोही समूह इस्लामिक स्टेट (आइएस) ले गरेको र ३७ जना सैनिकको ज्यान गएको बताएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?