दार्चुला । मुख्यमन्त्री जेष्ठ नागरिक स्वास्थ्य कार्यक्रम अन्तर्गत मालिकार्जुन गाउँपालिका वडा नम्बर ५ डाडाकोटमा जेष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण गरिएको छ ।
आर्थिक वर्ष २०७६/०७७ बाट लागु गरिएको उक्त कार्यक्रम अन्तरगत हिजो र आज गाउँपालिकाकाको वडा नम्बर ५ डाडाकोटका ४१ जना जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण गरिएको जेष्ठ नागरिक स्वास्थ्य कार्यक्रम मालिकार्जुन गाउँपालिकाका फोकल पर्शन एबं हेल्थ अस्सिटेन्ट तिलक सिंह धामीले जानकारी दिनुभयो । यो भन्दा पहिले पनि गाउँपालिकाका अन्य वडाहरुमा कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो ।
जेष्ठ नागरिकहरुको स्वास्थ्य प्रवद्र्धनको लागि स्वास्थ्य सेवाको पहँच बाहिर रहेका ग्रमिण बस्तीहरुमा गई आधारभुत स्वास्थ्य सेवा बाट बञ्चित रहेका जेष्ठ नागरिकहरुलाई घरदैलौमै गएर सेवा दिने उद्धेश्यले गत आर्थिक वर्षबाट कार्यक्रम सञ्चालनमा रहेको एचए धामीले बताउनुभयो । जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण, परामर्श र आवश्यक औषधी घरदैलोमै उपलब्ध गराउदा जेष्ठ नागरिकहरु निकै खुुसी रहेको उहाँले बताउनुभयो ।
मालिकार्जुन गाउँपालिकाको वडा नम्बर ५ मा यो महिनाको कार्यक्रम शुक्रबार (आज) सम्पन्न भएको छ । त्यस्तै यो महिनाको ३० गते सम्म गाउँपालिकाका अन्य वडाहरुमा पनि क्रमसः कार्यक्रम सञ्चालन गरिने धामीले बताउनुभयो ।






प्रतिक्रिया