दार्चुला । ‘गरौँ योग डटेर, कोभिड जान्छ हटेर’ भन्ने नाराका साथ राष्ट्रिय योग दिवस दार्चुलामा पनि मनाइएको छ ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दार्चुला र पतञ्जली योग समिति दार्चुलाको समन्वयमा दार्चुला सदरमुकाम खलंगामा योग दिवस मनाइएको हो ।

मन्त्रिपरिषदको २०७२ साल साउन २८ गतेको बैठकले हरेक वर्ष माघ १ गते राष्ट्रिय योग दिवस मनाउने औपचारिक निर्णय गरेको थियो ।

सोहि अनुसार दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेल लगायत सुरक्षा निकाय र नियमित योगभ्यास गर्दै आएका व्यक्तिहरुको उपस्थितीमा योग दिवस मनाइएको हो ।

योग दिवसमा पतञ्जली योग समिति दार्चुलाका अध्यक्ष हिरासिह धामीले योगाभ्यास गराउनुका साथै योग गर्नुको फाइदाबारे सहभागि सबैलाई जानकारी गराउनुभएको थियो ।

वैदिक कालमा हिमालयको काखमा ऋषिमुनिले अध्ययन अनुसन्धान गरी प्रतिपादन गरेको योग नेपालमै लुप्तप्रायः बनेको थियो । यही क्षेत्रबाट पुनर्जागरण गर्न दिवस घोषणा गरी जनचेतना जगाउने काम सुरु भएको छ ।

प्राचीनकालमा योग, ध्यान र आयुर्वेदका माध्यमबाट मानसिक शान्ति एवं स्थिरता र आरोग्यताको प्राप्ति हुन्थ्यो । पछिल्लो समय उपचार र सुख, शान्तिका लागि बढी प्रयोगमा आउन थालेपछि योगतिर मानिसहरुको आकर्षण बढेको योगगुरु हिरासिंह धामीले बताउनुभयो ।

नियमित योगाभ्यास शारीरिक र मानसिक जीवनका लागि अतिउपयोगि रहेको उहाँको भनाई छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले संयुक्त राष्ट्र सङ्घको ६९ औँ महासभामा योग सबैका लागि, सधैँका लागि आवश्यक भएकाले अन्तरराष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गरेपछि नेपालसहित विश्वका अधिकासं देशले समर्थन गर्दै २१ जुनमा विश्व योग दिवस समेत मनाउन थालिएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?