दार्चुला । तत्कालको लागि दार्चुला जिल्ला कोरोनामुक्त बनेको छ ।

पछिल्लो पटक मार्मा गाउँपालिकाका चार जना कोरोना संक्रमित निको भएर घर फर्किएसंगै दार्चुला कोरोना सक्रिय संक्रमणमुक्त भएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

दार्चुला जिल्लाभर हालसम्म तीन सय २० जनामा कोरोना संक्रमण देखिएकामा सबैले कोरोना जितिसकेका छन् ।

सबैभन्दा बढी महाकाली नगरपालिकामा एक सय १९ जनामा कोरोना सक्रमण पुष्टि भएको थियो । मार्मा गाउँपालिकामा ५५ जना, शैल्यशिखर नगरपालिकामा १९ जना, दुहुँ गाउँपालिकामा १५ जना, व्यास र अपिहिमाल गाउँपालिकाका आठ आठ जना, मालिकार्जुन गाउँपालिकाका ७ जना र लेकम गाउँपालिकाका ५ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा सबैले कोरोना जितिसकेका छन् ।

नौँगाड गाउँपालिकामा भने हालसम्म कोरोना संक्रमित फेला परेका थिएनन । यद्धपी नौगाड गाउँपालिका घर भइ जिल्ला बाहिर बस्दै आएका केहि मानिसलाई संक्रमण पुष्टि भएपनि डिस्चार्ज भइसकेका छन् ।

गत चैत्र २९ गते देखि हालसम्म दार्चुलाका नौ वटै स्थानीय तहबाट झण्डै ४ हजार मानिसको थ्रोट स्वाबको नमुना संकलन गरीएको थियो । हालसम्म जिल्ला भित्र संक्रमण पुष्टि भएका सबैले कोरोना जितिसकेका छन् ।

एक जना पुरुषको उपचारका लागि अस्पताल लैजादै गर्दा बैतडीको सतबाझँमा र दुई जनाको उपचारका क्रममा जिल्ला बाहिर मृत्यु भएको थियो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?