दार्चुला । दार्चुलाबाट एक सुत्केरी महिलाको नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।

अत्यधिक रक्तश्राब भएपछि ब्यास गाउँपालिका वडा नम्बर ५ का एक सुत्केरी महिलाको उद्धार गरिएको हो ।

जिल्ला अस्पताल दार्चुलामा सुत्केरी भएकी २८ वर्षीया सोभा विष्टको हवाई उद्धार गरिएको हो । उहाँको जिल्ला अस्पतालमा अप्रेसन पछि बच्चा जन्मिए पनि रक्तस्राव नरोकिए पछि थप उपचारको लागि धनगढी रेफर गरिएको र धनगढीमा आइसियु खाली नरहेकाले सुर्खेत लगिएकोे जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्बर दत्त भट्टले बताउनुभयो ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेल, नेपाली सेना र अस्पतालको पहलमा महिलाको उद्धार गरिएको हो ।

नेपाल सरकारको राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत यसअघि पनि दार्चुलाबाट सुत्केरी महिलाको उद्धार गरिएको थियो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?