म्यानमारमा सैन्य ‘कू’, एक वर्षका लागि सङ्कटकाल घोषणा

दार्चुला । म्यानमारमा सैन्य ‘कू’ पछि सङ्कटकाल घोषणा गरिएको छ ।

नेत्री आङ सान सुकीलगायतका नेताहरूलाई हिरासतमा लिएपछि सङ्कटकाल लागू गरिएको हो ।

सेनाको टेलिभिजनले एक वर्षका लागि सङ्कटकाल घोषणा गरिएको जनाएको बीबीसीले जनाएको छ । सन् २०११ मा प्रजातान्त्रिक सुधार अघिसम्म बर्मा भनेर परिचित म्यानमारमा सेनाले शासन गर्दै आएको थियो ।

गएको नोभेम्बर महिनामा भएको चुनावमा सुकीको पार्टी नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) ले सरकार गठन गर्ने बहुमत प्राप्त गरेको थियो । तर, सेनाले यो चुनावमा धाँधली भएको आरोप लगाउँदै आएको छ ।

नयाँ निर्वाचित तल्लो सदनको पहिलो बैठक पहिलो पटक आज बस्ने तयारी भएका बेला सेनाले नेत्री आङ सान सुकीलगायतका नेतालाई हिरासतमा लिएको हो । सेनाले यो बैठक स्थगित गर्न माग गर्दै आएको थियो ।

सेनाले आफूले सुकीसहितका नेताहरुलाई हिरासतमा लिएको पुष्टि पनि गरेको छ । सैन्य ुकूुपछि राजधानीलगायतका मुख्य सहरमा इन्टरनेटमा प्रतिबन्ध लगाइएको छ भने राजधानीसहित धेरै ठाउँमा सेनाको उपस्थिति बाक्लो छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?