अफगानिस्तानमा सेनाको कारबाहीमा १५ लडाकू मारिए

दार्चुला । अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तमा सरकारी सुरक्षाफौजले गरेको कारबाहीमा कम्तमिा १५ जना तालिवान लडाकू मारिएको रक्षा मन्त्रालयले जनाएको छ।

मन्त्रालयको विज्ञप्तिमा बुधबार कान्दाहारको डन्ड र अर्घन्डाब जिल्लामा तालिवान लडाकूहरु भेला भई सेनाको शिविरमा आक्रमण गर्न लागेको भन्ने सूचनाका आधारमा सेनाले कारबाही गरेको उल्लेख छ।

कारबाहीमा अरु तीन जना तालिवानी लडाकू पनि घाइते भएका थिए। सैनिक कारबाहीलाई सघाउन अफगान हवाई बलले पनि मद्दत गरेको रक्षा मन्त्रालयको भनाई छ। मन्त्रालयले विद्रोही तालिबानका एउटा कार बम, तीन वटा मोटरसाइकल सहित हातहतियार बरामद भएको जनाएको छ।

सेनाले खोज तथा घेराबन्दी सैन्य कारबाही थालेपछि विद्रोही तालिबानको बलियो उपस्थिति रहेको कान्दाहारमा सुरक्षा व्यवस्थामा पछिल्ला केही महिनादेखि निकै सुधार आएको छ। तर विद्रोहीहरुले सरकारका खासखास स्थान र व्यक्तिमाथि सांघातिक आक्रमण गरिरहेका छन्। तालिवान समूहले भने उक्त घटनाका बारेमा केही प्रतिक्रिया जनाएका छैनन्।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?