युरोपेली सङ्घका सदस्य राष्ट्रले मासिक १० करोड खोप पाउने

दार्चुला । युरोपेली सङ्घका सदस्य राष्ट्रहरूले आउँदो अप्रिलदेखि मासिक १० करोड डोज खोप पाउने भएका छन् ।

युरोपेली सङ्घका प्रमुख उर्सुला भोन डर लेयनकाअनुसार सङ्घअन्तर्गतका देशहरूलाई मासिक १० करोड खोप उपलब्ध गराउने व्यवस्था भएको हो ।

प्रयोगका लागि अनुमति पाएका खोपहरूको सङ्ख्या धेरै भएको र तीमध्येकै खोपहरू ल्याउने तयारी भएको उहाँको भनाइ छ । युरोपेली सङ्घले बायोएनटेक, अस्ट्रोजेनिका र मोडर्नाको खोप प्रयोगका लागि यसअघि नै अनुमति दिएको छ ।

मासिक १० करोड खोप युरोपेली सङ्घका देशहरुमा आउनु आफैँमा ठूलो उपलब्धि भएको पनि उहाँले बताउनुभएको छ । युरोपेली सङ्घअन्तर्गत रहेको २७ देशमा ४४ करोड ६० लाख मानिसले अहिले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?