भारतको उत्तर प्रदेशका विद्यालय बन्द

दार्चुला । कोरोना भाइरसको महामारी बढ्दै गएपछि भारतको उत्तर प्रदेशका सबै स्कुल अप्रिल ३० तारिखसम्मका लागि बन्द गरिएको छ ।

कोरोनाको दोस्रो लहर तीव्र गतिमा फैलिरहेकाले जोखिम कम गर्न विद्यालय बन्द गरिएको उत्तर प्रदेश सरकारलाई उदृत गर्दै बीबीसीले जनाएको छ । तर भौतिक दूरी कायम राखेर परीक्षा भने सञ्चालन हुनेछन् । यस्तै पाँच सयभन्दा धेरै सक्रिय सङ्क्रमित रहेका क्षेत्रमा रात्रिकालिन कर्फ्यु लाग्ने भएको छ ।

लखनउ, कानपुर, गोरखपुर, इलाहाबाद, गाजियाबाद लगायतका सहरमा यसअघि नै रात्रिकालिन कर्फ्यु लागू भइसकेको छ । यस्तै सार्वजनिक कार्यक्रममा ५० जनाभन्दा धेरै भेला हुन पनि रोक लगाइएको छ ।

हिजो उत्तर प्रदेशमा १५ हजार चार सय जनामा कोरोना पुष्टि भएसँगै कुल सङ्क्रमितको सङ्ख्या ६ लाख ९२ हजार पुगेको छ । भारतमा दैनिक डेढ लाखभन्दा धेरै सङ्क्रमित देखिन थालेपछि विभिन्न प्रदेशमा लकडाउन र कर्फ्यु लगाउने क्रम बढेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?