दार्चुला । भारतको गुजरात र महाराष्ट्रसमेत ७ राज्यमा अरब सागरमा बनिरहेको चक्रवात ‘ताऊ ते’ को खतरा देखिएको छ ।
कर्नाटकको ६ जिल्लामा यसको नकारात्मक असर परेको छ । यी जिल्लाका ७३ गाउँ यो आँधीबाट प्रभावित भएका छन् ।
राज्यमा हालसम्म चारजनाको मृत्यु भइसकेको छ । यी ६ जिल्लामध्ये ३ समुद्री सीमासँग जोडिएका छन् । सबैमा पछिल्लो २४ घण्टादेखि भारी वर्षा भइरहेको छ । त्यहाँ ९० किलोमिटर प्रतिघण्टाको गतीमा हावा चलिरहेको छ ।
आँधीका कारण गोवाका थुप्रै जिल्लामा बिजुली आपूर्ति ठप्प भएको छ । यस्तै, केरलको थुप्रै जिल्लामा भारी वर्षा भइरहेको छ ।मौसम विभागका अनुसार आँधी गोवाको तटीय क्षेत्रसँग ठोक्किएको छ ।
अब यो गुजराततर्फ अघि बढिरहेको छ । यसका कारण मुम्बईसहित उत्तरी कोंकणमा केही स्थानमा आइतबारदेखि तेज हावासहित भारी वर्षा भइरहेको छ।





प्रतिक्रिया