नाइजेरियामा विमान दुर्घटना, सेनाका प्रमुखसहित ११ जनाको ज्यान गयो

दार्चुला । नाइजेरियामा विमान दुर्घटना हुँदा सेनाका प्रमुख लेफ्टिनेन्ट इब्राहिम अत्ताहिरुको ज्यान गएको छ ।

उत्तर पश्चिम राज्य कडुनामा भएको विमान दुर्घटनामा उहाँ र चालक दलका सदस्यसहित अन्य १० जनाको ज्यान गएको हो ।

मौसममा आएको खराबीका कारण विमान दुर्घटनामा परेको त्यहाँको सेनाले जनाएको छ । विमान अवतरणका क्रममा दुर्घटनामा परेको हो ।

५४ वर्षका इब्राहिम अत्ताहिरु गएको जनवरीमा सेनाका प्रमुख बन्नु भएको थियो । नाइजेरियाका राष्ट्रपति मुहम्मद बुहारीले घटनाप्रति दुस्ख व्यक्त गर्नु भएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?