प्रजातन्त्रको पक्षमा वकालत गर्ने हङकङकाे ‘एप्पल डेली’ पत्रिका बन्द हुने

काठमाण्डाै । हङकङमा प्रजातन्त्रको पक्षमा वकालत गर्ने ‘एप्पल डेली’ पत्रिका बन्द हुने भएको छ । राष्ट्रिय सुरक्षा कानुन उल्लङ्घन गरेको भन्दै सरकारी धरपकड बेहोर्दै आएको कम्पनीको बोर्डले आउँदो शनिवार अन्तिम अङ्क प्रकाशन गरेर पत्रिका बन्द गर्ने घोषणा गरेको बीबीसीले जनाएको छ ।

हङकङ सरकारले गएको हप्ता एप्पल डेलीसँग जोडिएका तीन वटा कम्पनीको २३ लाख अमेरिकी डलर बराबरको रकम फ्रिज गरेकाे थिए । बैंकहरूले आफूहरूको खातामा रहेको पैसा दिन अस्वीकार गरेकाले पत्रिका बन्द गर्नुपर्ने अवस्था आएको पत्रिकाका संस्थापक जिमी लाईका सल्लाहकार मार्क सिमोनले बताउनुभएको छ ।

एप्पल डेली चीनप्रति आलोचनात्मक रहेकाले सरकारी निसानामा परेको हो । गएको बिहीवार हङकङका सुरक्षाकर्मीले एप्पल डेलीको कार्यालयमा छापा मारेर प्रधान सम्पादकसहित पाँच जनालाई राष्ट्रिय सुरक्षा कानुन उल्लङ्घन गरेको आरोपमा पक्राउ गरेको थियो ।

एप्पल डेलीका मालिक मुगल जिमीलाई जेलमा हुनुहुन्छ । गएको वर्ष चीनले ल्याएको राष्ट्रिय सुरक्षा कानुन लागू भएपछि त्यसको विरोध गर्ने सञ्चारकर्मीलगायत अभियन्ताहरू पक्राउ परेका हुन् ।   

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?