भारतमा ५० हजार नयाँ कोरोनाका सङ्क्रमित थपिए

काठमाण्डौ । भारतमा पछिल्लो २४ घण्टामा ५० हजार ४० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । यो अवधिमा १२ सय ४८ जनाको कोभिड–१९ का कारण ज्यान गएको छ ।

अहिले भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच लाख ८६ हजार ४०३ रहेको र सङ्क्रमण निको हुने दर ९६ दशमलव ७५ प्रतिशत पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भारतमा अहिलेसम्म ३२ करोड १७ लाखभन्दा धेरै व्यक्तिले कोरोना भाइरसविरुद्धको खोपको कम्तीमा एक मात्रा लगाएका छन् । भारतमा कोरोनाको डेल्टा भेरियन्ट फैलिँदै गएकाले तेस्रो लहरको जोखिम बढेको विज्ञले चेतावनी दिएका छन् । कोरोना रोकथामका लागि भन्दै भारतले खोपको महाअभियान सुरु गरेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?