चीन कसैकाे धम्कीले डराउँदैन : सी जिनपिङ

काठमाण्डौ । चीनका राष्ट्रपति सी जिनपिङले कसैको धम्कीले नडराउने चेतावनी दिनुभएको छ । राष्ट्रपति सीले विदेशी शक्तिले चीनलाई धम्क्याउन वा नकारात्मक प्रभाव पार्न खोजे उल्टै प्रहार हुने चेतावनी दिनुभएको हो ।

चिनियाँ कम्युनिस्ट पार्टीको शतवार्षिकीका अवसरमा बेइजिङमा भएको समारोहलाई सम्बोधन गर्दै उहाँले आफूमात्रै असल भनेर अरूलाई दिने उपदेशलाई नसहने बताउनुभएको बीबीसीले जनाएको छ ।

व्यापार, गुप्तचर क्रियाकलाप, हङकङमा भइरहेको भनिएका मानव अधिकार उलङ्घन र दमनका घटना तथा कोरोना भाइरस महामारीका विषयमा पछिल्लो समय अमेरिका र चीनको सम्बन्ध खराब हुँदै गएको छ ।

ताइवानको मुद्दा पनि दुई देशबीच तनावको प्रमुख कारण बनेको छ । राष्ट्रपति सीले ताइवानसँगको एकताका निम्ति चीनको अविचलित प्रतिबद्धता रहेको बताउनुभएको छ ।

चिनियाँ कम्युनिस्ट पार्टीको स्थापना सन् १९२१ मा भएको थियो । लामो गृहयुद्धपछि ७२ वर्षअघि चीन शक्तिशाली राष्ट्रको रूपमा देखा परेको हो । वार्षिकोत्सवका अवसरमा राजधानी बेइजिङलगायतका मुख्य सहरमा विशेष सजावट गरिएको छ । सुरक्षा व्यवस्था पनि कडा पारिएको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?