कोरोना भाइरस उत्पत्तिबारे छानबिनमा अझ सघाउन चीनलाई डब्ल्यूएचओको आग्रह

काठमाण्डौ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसको उत्पत्तिबारे दोस्रो चरणको अनुसन्धानमा सहयोग गर्न चीनलाई आग्रह गरेको छ । डब्ल्यूएचओका प्रमुख डा। टेड्रोस एड्हानोम गेहब्रेयससले भाइरस उत्पत्तिबारेको अनुसन्धानका लागि थप पहुँच र पारदर्शिता आवश्यक भएको भन्दै सहयोग गर्न आग्रह गर्नुभएको बीबीसीले जनाएको छ ।

भाइरसको उत्पत्तिबारेमा डब्ल्यूएचओले वुहानमै पुगेर गरेको पहिलो चरणको अनुसन्धान गएको फेब्रुअरीमा सकिएको थियो । त्यस बेला भाइरस प्रयोगशालाबाट फैलिएको हुन सक्ने सम्भावना अत्यन्त कम रहेको भन्दै चमेरामा उत्पत्ति भएर अन्य जीव हुँदै मानिसमा सरेको हुन सक्ने निष्कर्ष निकालेको थियो । तर अमेरिका, बेलायतलगायतका देशले भाइरस जीवबाटै आएको वा प्रयोगशालाबाट चुहिएको भन्नेबारेमा थप अनुसन्धान आवश्यक रहेको बताइरहेका छन् ।

डब्ल्यूएचओका प्रमुख गेहब्रेयससले पनि आफू स्वास्थ्यकर्मी भएको र दुर्घटना हुन सक्ने सम्भावनाबारे थाहा भएको भन्दै वुहानको प्रयोगशालाबाट स्पष्ट सूचना चाहिएको बताउनुभएको बीबीसीले जनाएको छ । उहाँले आफूहरूलाई महामारी सुरु हुनुभन्दा अगाडिको र सुरु भएको बेलाको बिरामीहरूको अप्रशोधित तथ्याङ्क चाहिएको पनि बताउनुभयो ।

अघिल्लो अनुसन्धानमा चीनले विश्व स्वास्थ्य सङ्गठनको टोलीलाई त्यो तथ्याङ्क दिएको थिएन । यो भनाइले डब्ल्यूएचओमा पनि कोरोना भाइरस प्रयोगशालाबाट चुहिएको हुन सक्ने आशङ्का कायम रहेको बुझिन्छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?