कोरोना सुरु भएको २० महिनामा २० करोडभन्दा धेरैमा सङ्क्रमण

दार्चुला । विश्वमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या २० करोड नाघेको छ । २० महिनाअघि सन् २०१९ डिसेम्बरमा चीनको वुहानमा पहिलो पटक पुष्टि भएको कोरोना भाइरसबाट अहिलेसम्म विश्वका २० करोड चार लाख ६३ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको हो ।

यसमध्ये सबैभन्दा धेरै अमेरिकामा तीन करोड ६० लाख ४९ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ । भारतमा तीन करोड १७ लाख ६९ हजार र तेस्रोमा ब्राजिलमा एक करोड ९९ लाख ८६ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ ।

भाइरसको सङ्क्रमण फैलिन सुरु भएको चीनमा अहिलेसम्म ९३ हजार दुई सय ८९ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै विश्वमा सङ्क्रमण पुष्टि भएका मध्ये १८ करोड ६ लाखभन्दा धेरै निको भइसकेका छन् । सङ्क्रमणका कारण ४२ लाख ६३ हजारभन्दा धेरैको ज्यान गएको कोरोनासम्बन्धी तथ्याङ्क सार्वजनिक गर्दै आएको वेबसाइट वर्ल्डोमिटरले जनाएको छ ।

विश्वमा अहिलेसम्म चार अर्ब २५ करोड मात्रा कोरोनाविरुद्धको खोप लगाइसकिएको छ । कुल खोपयोग्य जनसङ्ख्याको २९ प्रतिशत मानिसले एक मात्रा र १४ दशमलव आठ प्रतिशतले दुवै मात्रा वा पूरा मात्रा खोप लगाएका छन् ।

कोरोनाविरुद्धको खोप लगाए पनि मास्क लगाउने, दुरी कायम गर्ने जस्ता सावधानीका उपाय अपनाउन विज्ञहरूले आग्रह गर्दै आएका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?